उदयपुरमा २८ वर्षिय प्रेमी र १४ वर्षिय प्रेमिकाको शव : हत्या कि आत्महत्या ?
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा १४ वर्षीया किशोरी मञ्जु राई र २८ वर्षीय युवक रवीन्द्र राई मृत अवस्थामा फेला परेका छन्।
मञ्जुको शव सडकछेउमा नीलडाम र घाँटीमा चोटसहित भेटिएको हो भने रवीन्द्र करिब २ सय मिटर पर आँपको रुखमा झुन्डिएको अवस्थामा भेटिए।
दुवै जना एकै गाउँका हुन् र केही समयदेखि प्रेम सम्बन्धमा थिए। पछिल्लो समय उनीहरूको सम्बन्धमा खटपट रहेको स्थानीयले बताएका छन्। रवीन्द्र केही दिनअघि मात्र काठमाडौँबाट गाउँ फर्किएका थिए।
प्रहरीले घटना हत्या–आत्महत्याको आशंका गर्दै अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको पोष्टमार्टमको तयारी भइरहेको छ।


