इटहरीको होटलबाट १२ बालबालिकाको उद्धार,हर्बल मार्केटिङको बहानामा बालश्रम र यौन शोषण

इटहरी । सुनसरीको ईटहरीमा मार्केटिङको नाममा काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले उद्धार गरेको छ ।

इटहरीस्थित एक होटलबाट उनीहरुको उद्धार गरिएको हो। घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। प्रहरीका अनुसार काठमाडौं चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि. नामक कम्पनीले टिकटकमार्फत हर्बल सामग्रीको मार्केटिङका लागि विज्ञापन गरेको थियो। उक्त विज्ञापन हेरेर धनकुटा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, गोरखा, बाजुरा लगायतका जिल्लाबाट बालबालिका र युवाहरू कामको खोजीमा कम्पनीमा पुगेका थिए।

उनीहरूलाई सुरुमा काठमाडौंमा एक महिनासम्म काम गराएर पछि इटहरीमा स्थानान्तरण गरी ‘बन्दना होटल’ मा राखी काममा लगाइएको थियो। सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले आफूलाई असार १ र २ गते शरीर बन्धक बनाएर यौन दुर्व्यवहार गरिएको भन्दै उजुरी दिएपछि घटना बाहिरिएको हो। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी ९ स्थित बसपार्क नजिकैको बन्दना होटलमा छापा मारेको थियो।

यौन दुर्व्यवहारको आरोपमा प्रहरीले कम्पनीका मार्केटिङ म्यानेजर ओखलढुंगाको खिजीदिम्बा गाउँपालिका १ का २९ वर्षीय तिलक श्रेष्ठ र सोलुखुम्बु नेचाकी २२ वर्षीया टीका कट्टेललाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार उद्धार गरिएका १२ जनामध्ये अधिकांश बालिका रहेका छन्। तीमध्ये दुई जना पीडितको स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानमा राखिएको छ भने अन्यलाई प्रहरीको निगरानीमा सोही होटलमा राखिएको छ।

पक्राउ परेका दुवैजनाले आफूहरूसँग रहेका व्यक्तिहरूलाई घर जान दिने अनुमति नदिईकन धम्क्याउँदै इटहरी र धरान लगायतका पूर्वी सहरहरूमा पठाउने र जबरजस्ती सामान बेच्न बाध्य पार्ने गरेको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖