अपडेट : सोलुखुम्बुको सोताङमा बोलेरो दुर्घटना, चालक घाइते

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका–१ सालपातीस्थित भित्री सडक खण्डमा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

सल्लेरीबाट सोताङतर्फ खाद्यान्न र तरकारी बोकेर जाँदै गरेको बा.१९च ४६५ नम्बरको सिंगल क्याप बोलेरो गाडी बिहान करिब ७:२० बजे उकालो चढ्ने क्रममा ब्रेक फेल भएर पछाडि सर्दै करिब ३० मिटर तल खोल्सामा खसेको थियो। गाडी खोल्सामा खसेर ढुंगामा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर बिहान ८:१५ बजे इलाका प्रहरी कार्यालय सोताङमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा गाडी चालक संखुवासभा धर्मदेवी नगरपालिका–८ निवासी अन्दाजी ३७ वर्षीय भिम जिमी घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी सोताङ प्राथमिक अस्पतालमा उपचारका लागि ल्याइएको छ। उनकाे बायाँ हात, टाउकोमा चोट लागेको र शरीरका विभिन्न भागमा चोटपटक लागेको भए पनि अवस्था सामान्य रहेको जनाइएको छ। उनी हाल बोल्न सक्ने अवस्थामा छन्।

गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने गाडी हाल घटनास्थलमै अड्किएको अवस्थामा छ। निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।-सोलु एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।