धनकुटाबाट एक बर्षमा ६ हजार बढी बैदेशिक रोजगारीका लागि बाहिरिए
धनकुटा, ५ असार । धनकुटाबाट गएको आर्थिक वर्षमा ६ हजार ३ सय ५८ जना रोजगारीका लागि विभिन्न देश गएको विवरण सार्वजनिक भएको छ ।

विहिबार आप्रवासी स्रोत केन्द्र धनकुटाले सञ्चारर्कीहरुसँग गरेको सुरक्षित रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा केन्द्रले यस्तो जानकारी दिईएको हो ।जसमा धनकुटाबाट वैदेशीक रोजगारीका लागि जाने पुरुषको संख्या ५ हजार ६ सय ९ जना रहेका भने ८ सय ४९ जना महिला रहेका छन् ।
वैदेशिक रोजगारीका लागि धनकुटाबाट विभिन्न देश जाने सबैभन्दा बढी पुरुषको संख्या बढी रेहेको पाईएको छ । आर्थिक वर्ष २०७९÷०८० मा भन्दा यो आर्थिक वैदेशिक रोजगारीका लागि जानेको संख्या भने कम रहेको पाईएको छ । २०७९-०८० आर्थिक बर्षमा पुरुषको संख्या जम्मा ६ हजार ९ सय १ र महिला ८ सय ८३ जना गरी जम्मा ७ हजार ७ सय ८४ जना वैदेशीक रोजगारीमा गएका आप्रवासी स्रोत केन्द्र धनकुटाकी सुचना अधिकृत मञ्जु राईले जानकारी दिईन् ।
वि.सं.२०६९ यता धनकुटाबाट ५४ हजार ७ सय ६४ जना वैदेशिक रोजगारीका लागि गएको तथ्याङक रहेको छ ।


