धनकुटाको उत्तरपानीमा घरको बराण्डाबाट लडेर घटनास्थलमै एक महिलाको मृत्यु
धनकुटा,६ असार । धनकुटामा घरको बराण्डाबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका १० उत्तरपानीका अन्दाजी ५० बर्षिया प्रमिला राई घिसिङ रहेका छन् ।
आज बिहान करिब ६ बजे आफ्नै घरको दोश्रो तल्लाको बरण्डाबाट लडेर घटनास्थलमा नै उहांको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
घटनास्थलमा तत्काल प्रहरी टोली खटिगई कानुनी प्रकृया तथा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


