धनकुटामा ट्राफिक सप्ताह २०८२ उद्घाटन तथा लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम

धनकुटा,६ असार । धनकुटामा ट्राफिक सप्ताह २०८२ उद्घाटन तथा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाका भिमदल गण सल्लेरी ब्यरेकका गणपती प्रमुख सेनानी गणेश थापा ,जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्री , धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, सशस्त्र प्रहरी बल ६ नम्बर हेड क्वाटर छिन्ताङ गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक मदन नाथ, राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख अनुसन्धान अधिकृत रामेश्वर वस्नेतको उपस्थिति रहेको थियो ।

त्यसैगरि बिभिन्न सरकारी तथा गैर-सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैंक तथा बित्तिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, टेलिभिजन तथा मिडिया हाउसका प्रमुख तथा प्रतिनिधिहरु, पुर्व प्रहरी कर्मचारीहरु, नागरिक समाज, एकल महिला समुह, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, महिला समाजसेवी, धनकुटा स्थित सम्पुर्ण क्लबका पदाधिकारीहरु, बिभिन्न विद्यालयका शिक्षक, शिक्षिका,विद्यार्थीहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी , स्थानिय बुद्धिजिबीहरुको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।