झापामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
झापा । झापामा दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
झापाको कमल ५ रतुवा पुल नजिकै पूर्व पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुशिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।


