झापाको सामुदायिक वनमा एक वृद्ध मृत अवस्थामा फेला

झापा । झापाको हलुवागढ सामुदायिक वनमा दाउरा संकलन गर्न गएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

अर्जुनधारा नगरपालिका–१ दखलबस्तीका ७० वर्षीय बलबहादुर बसेल शुक्रबार साँझ ५ बजे दाउरा लिन वनतर्फ गएका थिए। घर नफर्किएपछि आफन्त र स्थानीयहरुले खोजतलास गर्दा उनलाई वनभित्र रहेको गैरे खोल्सीमा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको हो।

घटनाबारे शनिश्चरे प्रहरी चौकीमा आज बिहान ८:१५ बजे सूचना प्राप्त भएपछि प्रहरी नायव निरीक्षक उमेश श्रेष्ठ नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो।

घटनास्थल सुरक्षित बनाएपछि थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा थप टोली पठाइएको जनाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।