दमककी उपमेयर रेगिना भट्टराईका श्रीमानले चलाएको कार दुर्घटना
झापा । पथरीशनिश्चरे पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना भएकाे छ । प्राप्त श्राेतका अनुसार पश्चिम तर्फबाट आएकाे कारलाई पुर्वबाट आउँदै गरेकाे मालबहाक ट्रकले ठक्कर दिएकाे थियाे ।
स्रोतका अनुसार दुर्घटनामा परेको यो सवारी झापाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराइका श्रीमान प्रकाश प्रसाईले चलाएका थिए । कारमा चालक सहित ३ जना सवार रहेकाेमा सबै सकुशल रहेकाे बताइएकाे छ ।
कारमा एयर ब्याग भएकाे र दुर्घटनाका बखत एयर ब्याग खुलेकाले गर्दा मानवीय क्षति हुनबाट बचेकाे बताइएकाे छ ।


