झापामा एक वृद्धले कन्काई नहरमा हामफाल्दा मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिकामा एक वृद्धले कन्काई नहरमा हामफालेर ज्यान दिएका छन्।

आइतबार बिहान शिवसताक्षी–७ व्यङ्गडाडाका ७८ वर्षीय राधाकृष्ण सोडारीले घर नजिकैको कन्काई नहरमा हामफालेका हुन्।स्थानीयवासीका अनुसार सोडारीले घर पश्चिम कन्काई नहरमा हामफालेको देखेपछि केहीले उद्धार प्रयास गरेका थिए। तर, घटना स्थल नहरको साइफन नजिक भएकाले तत्काल उद्धार गर्न सम्भव भएन।

प्रत्यक्षदर्शी एकजनाले भने, “हामीले देख्यौं, तर साइफनको भेलले उहाँलाई तत्कालै बगायो। निकाल्न सक्ने स्थिति थिएन।”नहरको पानीले सोडारीलाई वडा नम्बर ११ स्थित साइफनमा लगेर अड्काएको थियो। पछि स्थानीय र प्रहरीको सहयोगमा उनको शव निकालिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेको र कानूनी प्रकृया अनुसार मुचुल्का उठाउने काम भइरहेको छ।

सोडारीले आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोडारी केही समयदेखि मानसिक तनावमा रहेको हुन सक्ने आशंका गरेका छन्।-बिर्तामोड झापाबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।