भोजपुरबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ बर्षपछि पक्राउ

धनकुटा,८ असार ।भोजपुरबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ बर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ डुँडामारी घर भएका ४३ वर्षीय मिलन भन्ने गजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई भोजपुरको ट्याम्केमैयुङ् गाउँपालिका ४ नागीमा लुकीछिपी बसिरहेको अवस्थामा आज पक्राउ गरी धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

चालक श्रेष्ठ गत २०७१ साल असोज २१ गते तत्कालीन डाँडाबजार गा.वि.स. वडा नं. २ फुस्रेमा भएको पिकअप दुर्घटनामा यात्रीको मृत्यु भएपछि फरार रहेका थिए ।

को.१ज.१५३९ नम्बरको पिकअपमा चढी डाँडाबजारबाट मोरङको पाटीगाउँतर्फ श्रीमतीसँगै जाँदै गरेका मोरङको तत्कालीन पाटीगाउँ गाविस वडा नम्बर २ का ३१ वर्षीय धनबहादुर मगर पिकअपबाट खसी घाइते भएपछि निजलाई उपचारको लागि डाँडाबजार स्वास्थ्य चौकी लगेकोमा उपचारको क्रममा केही समयमै निजको मृत्यु भएको थियो ।

दुर्घटना लगत्तै चालक श्रेष्ठ घटनास्थलबाटै फरार रहेका थिए । श्रेष्ठ उल्लेखित स्थानमा लुकीछिपी बसी ड्राइभिङ पेशा गर्ने गरेको सूचना प्राप्त भएपछि भोजपुर प्रहरीको सहयोगमा खोजतलास गरी निजलाई पक्राउ गरिएको हो ।

यसअघि निज आफ्नो वास्तविक पहिचान ढाँटी स्थान परिवर्तन गर्दै प्रहरीसँग लुकीछिपी बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकालाई धनकुटा जिल्ला अदालतबाट थुनामा राख्ने म्याद लिई सवारी ज्यान मुद्दामा थप अनुसन्धान गरिने डीएसपी खनालले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।