धनकुटाको सहिदभूमिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
धनकुचा,८ असार । धनकुटाको सहिदभूमिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा सहिदभुमि गाँउपालिका वडा नं.४ पिप्ले स्थित सहिदभुमि गाँउपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको अध्यक्षता, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको प्रमुख आतिथ्यता तथा सहिदभुमि गाँउपालिका अध्यक्ष मनोज राईको बिशिष्ट अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सहिदभुमि गाँउपालिका अध्यक्ष राईले शुभकामना मन्तव्य दिनु भएको थियो भने सहभागीहरुले आ-आफ्नो जिज्ञासा तथा सुझावहरु समेत राख्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासा सवालहरुको सम्बोधन सहजिकरण जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख तथा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक थापा क्षेत्रीले गर्नुका साथै लागुऔषध न्यूनिकरण,वालबिवाह,आगलागी,सामाजिक कुरिती ट्राफिक नियम लगायतका सचेतना मुलक संदेश दिनु भएको थियो ।


