इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते
इलाम । इलामको कुटिडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्।
दुर्घटना मेची राजमार्ग अन्तर्गत पर्ने कुटिडाँडामा भएको हो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


