इलाममा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
इलाम । इलाममा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
इलामको रोङ गाउॅपालिका-६ स्थित सिद्दिखोला किनारको घारीमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार अन्दाजी वर्ष ५०/५५ की महिलाकाे पहिचान खुलेको छैन ।
मृतकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


