सुनसरीको बराहक्षेत्रमा भात नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित मुसहरी टोलमा एक घरेलु विवादले भयावह रूप लिँदै एक महिलाको ज्यान लिएको छ।

भात नपकाएको भन्दै सुरु भएको भनाभन हिंसामा परिणत हुँदा २४ वर्षीया ढलिसदा मुसहरको ज्यान गएको हो। श्रीमान् सोनिया मुसहरको कुटपिटले गम्भीर घाइते भएकी ढलिसदाको उपचारको अवसर नपाउँदै मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिवार राति मदिरा सेवन गरेर घर फर्किएका ३० वर्षीय सोनिया मुसहरले घरमा खाना तयार नभएको भन्दै पत्नीमाथि आक्रोश पोख्दै निर्घात कुटपिट गरेका थिए।

अत्यन्तै कमजोर अवस्थामा रहेकी ढलिसदालाई उपचारको सट्टा घरमै राखिएको थियो। आइतबार बिहान गम्भीर घाइते अवस्थामा रहेकी उनको मृत्यु भएको जनाइएको छ ।-सुन्दरहरैचा अपडेटबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।