धनकुटामा सुतेको ठाँउमा नै एक ब्यक्ति मृत फेला
धनकुटा,९ असार । धनकुटामा सुतेको ठाँउमा नै एक ब्यक्ति मृत फेला परेका छन् ।
आज बिहान करिब ०५:४० बजे भेडेटार-आहाले-महाभारत भित्री सडकखण्डमा काम गर्ने मजदुर उदयपुरको कटारी नगरपालिका, वडा नम्बर ११ बस्ने वर्ष ३९ को कमल बहादुर केप्छाकी मगर धनकुटाको साँगुरीगढी गाँउपालिका, वडा नम्वर ८, ढुङगेस्थित भाडाको कोठाभित्र सुतेकोमा सुतिरहेको अवस्थामा नै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शव पोस्मार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ ।


