भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु
भोजपुर, ९ असार । भोजपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।
भोजपुरको रामप्रसादराई गाउँपालिका-१ घर भई हाल चापाभोटे स्थित आफ्नै दाजुको घरमा बस्दै आएकी ६५ बर्षीया पम्फा भण्डारीलाई कोठामा सुती रहेको अबस्थामा पानी संगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।


