उदयपुर, झापा र मोरङबाट चोरीमा संलग्न ३ जना पक्राउ

विराटनगर, असार ०९ गते । उदयपुर, झापा र मोरङबाट चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ का २९ बर्षीय कबिन भन्ने निरोज लामा, झापाको कन्काई नगरपालिका-३ का २६ बर्षीय विनोद बर्देवा र मोरङको धनपालथान-४ का १९ बर्षीय जोसेफ हेमरम रहेका छन ।

२०८१ साल मंसिर ३ गते उदयपुरको चौदण्डीगढी-३ का पदम राईको घरबाट ४ तोला सुनको गर-गहाना चोरी भएको घटनामा अनुसन्धान तथा खोजतलासको क्रममा कबिन भन्ने निरोज लामालाईगाउँघरमा नै लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारले असार ०७ गते पक्राउ गरेको हो ।

त्यसैगरी २०८२ साल असार ८ गते झापाको कनकाई नगरपालिका-३ का रबिन बिश्वकर्माको घरमा डेरा गरी बस्ने बर्देवाले घरमा कोहि नभएको अवस्थामा टिभि, फ्रिज लगायत घरायसी सामान चोरी गरी फरार भएकोमा इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको हो ।

त्यसै गरी असार ८ गते मोरङको जहदा गाउँपालिका-४ स्थितमा पर्किङ गरी राखेको प्रदेश १-०२-०४३ प.८५७१ नम्बरको मोटरसाईकल चोरीमा संलग्न हेमरमलाई इलाका प्रहरी कार्यालय पोखरीयाले पक्राउ गरेको हो ।

चोरीको सामान सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।