धनकुटाको पाख्रिबासमा एकैपटक ४ वटा सवारी साधनहरु ठोक्किंदा अवरुद्द सडक एकतर्फी संचालनमा
धनकुटा,९ असार । धनकुटामा एकैपटक ४ वटा सवारी साधनहरु ठोक्किएर दुर्घटना हुँदा अवरुद्ध भएको सडक एक तर्फी संचालनमा आएको छ ।
जिल्लाको पाख्रीबास नगरपालिका ५ डिकुरे स्थित पाख्रिबास-लेगुवा सडक खण्डमा बिग्रिएर पछाडि सरेको प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रक पछाडि सरेर प्रदेश १–०२–००१ क ४८९१ नम्बरको टिपरलाई ठक्कर दिएपछि उक्त टिपरले प्रदेश १–०२–००१ ज ४१७८ नम्बरको ईभी गाडीलाई ठक्कर दियो । त्यसपछि ईभी गाडी पछाडि सरेर प्रदेश १–०२–००१ क ४८९२ नम्बरको ट्रकलाई ठक्कर दिँदा बाटो पूर्ण रुपमा अवरुद्द भएको थियो ।
अवरुद्द सडक डोजरको सहायताले खुलाउने काम जारी रहेको र एकतर्फी सवारी संचालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ ।


