सोलुखुम्बुमा चट्याङले भैँसीको गयो ज्यान
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१, नेले तुम्सेमा चट्याङ लागेर एक वटा भैँसी र पाडीको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब ३:५५ बजे परेको चट्याङले स्थानीय एक कृषकका भैँसीमा लागेको हो। घटनाबाट मानवीय क्षति नभए पनि कृषकलाई ठूलो आर्थिक क्षति पुगेको छ।
स्थानीयवासी काे सहयोगमा घटनास्थलमा उद्धार कार्य सम्पन्न गरिएको छ। मौसममा अचानक आएको खराबी र चट्याङको जोखिमलाई ध्यानमा राख्दै स्थानीयहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।-सोलु एफएम


