बिर्तामोड–शनिश्चरे सडक खण्डमा सवारी दुर्घटना ,दुई जना घाइते
झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित कप्तानबारी नजिक बिर्तामोड–शनिश्चरे सडकखण्डमा आज साँझ सवारी दुर्घटना भएको छ।
बागमती प्रदेश ०२–०३९प ५९८० नम्बरको मोटरसाइकलले एक पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिएको हो। ती व्यक्ति स्थानीय बासिन्दा भएको र घाँस काट्न गएका बेला दुर्घटनामा परेका हुन् ।
ठक्करबाट ती व्यक्ति गम्भीर घाइते भएका छन् भने मोटरसाइकलको पछाडि सवार एक महिला समेत घाइते भएकी छन्।
दुवै घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ। उनीहरूको परिचय भने हालसम्म खुल्न सकेको छैन।


