मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष सुवेदी गृह जिल्लामा सम्मानित
धनकुटा । मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष विदुर सुवेदीलाई सोमवार गृह जिल्लामा सम्मान गरिएको छ ।
गत फागुनमा एलायन्सको छैटौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका सुवेदी गृह जिल्लामा भने पहिलो पटक पुगेका हुन् । सुवेदी सहित एलायन्सका इन्चार्ज विष्णु रिजाल, केन्द्रीय सदस्य रुद्र खरेल, झापा जिल्लाका सदस्य कोसिस घिमिरे समेत रहेका थिए ।
उक्त अवसरमा नेकपा एमालेका अध्यक्ष शिव आङ्ला, सामाजिक संस्था हुसाडेक नेपालका अध्यक्ष सरोजकुमार भुजेल, मानव अधिकार एलायन्सका कोशी प्रदेश समितिका कोषाध्यक्ष नीलबहादुर थापा, जिल्ला अध्यक्ष खिन्द्र अधिकारी, एमाले जिल्ला उपसचिव नैन रुचाल, नेपाल बुद्धिजीवी परिषदका जिल्ला सचिव रमेशचन्द्र अधिकारी लगायतले सम्मान गरे ।
उक्त कार्यक्रममा एलायन्सका इन्चार्ज विष्णु रिजालले सामाजिक न्यायका लागि जुट्नु पर्ने बताए । यस्तै, एमाले अध्यक्ष आङ्ला तथा सम्मानित व्यक्तित्व सुवेदी लगायतले धारणा राखेका थिए ।


