झापाको बिर्तामोडमा धानको बीउ काढ्दा काढ्दै एकजनाको मृत्यु
झापा । झापाको बिर्तामोडमा धानको बीउ काढ्दा काढ्दै एकजनाको मृत्यु भएको छ ।
हिजो बिहान १० बजेतिर बिर्तामोड १० का जीवन पाठकको खेतमा बीउ काढ्दा काढ्दै शिवसताक्षी नगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षका धिरेन सन्थालको मृत्यु भएको हो ।
छारे रोगको समस्या भएका सन्थाललाई बीउ काढ्दा काढ्दै रोगले च्यापेको थियो ।


