सहिदभूमिमा स्थानीय तहमा शान्ति सुरक्षा ,अपराध नियन्त्रण सेवा प्रवाह तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
धनकुटा । स्थानीय तहमा शान्ति सुरक्षा ,अपराध नियन्त्रण सेवा प्रवाह तथा सार्वजनिक सुनवाइ कार्यक्रम जिल्ला प्रशासन कार्यलय धनकुटा र जिल्ला प्रहरी कार्यलय धनकुटाको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिकामा आइतबार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख टुवराज पोख्रेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई रहनु भएको थियो ।
कार्यक्रममा जिल्लामा शान्ति सुरक्षाको अवस्था ,ईसेवा प्रवाह ,स्थानीय प्रचलित ऐन,लगायत विविध विषय माथि प्रमुख जिल्ला अधिकारी टुवराज पाेख्रेलले सहजिकरण गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा सहभागी वडाअध्यक्ष हेमकुमार राई , खगेन्द्र राई ,रमेशकुमार राई ,वडा सदस्य साेम राना, कार्यपालिका सदस्य दिवानि राई , मिना परियार ,वडा सचिव पदम दाहाल ,स्थानीय ,शिक्षक जनप्रतिनिधिहरुले नागरिकता , पञ्जिकरण ,राष्ट्रिय परिचयपत्र ,आत्मा हत्या ,जग्गा सम्बन्धि धनिपुर्जा ,साझ सिमाना लगायत विषयमा राखेको प्रशन तथा दुबिधा माथि प्रमुख जिल्ला अधिकारी पाेख्रलले समस्या समाधानका उपाए र गर्न सकिने कामकाे विषयमा जवाफ दिनु भएको थियोे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई , जिल्ला प्रहरी कार्यलयका एसपी सरद थापा ,जिल्ला अनुसन्धान विभाग प्रमुख अधिकृत रामेश्वर बस्नेत गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर भण्डारी अतिथि रहनु भएको थियो । सहिदभूमि गाउँपालिकाे हलमा सञ्चालन भएको कार्यक्रममा शिक्षक कर्मचारी , स्थानीयकाे उपस्थिति थियोे ।




