धनकुटाबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

धनकुटा,१० असार ।धनकुटाबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ७ मौनाबुधुक बस्ने ३० बर्षिया भुपेन लिम्बू र चौबिसे गापा ६ राजारानी बस्ने २५ बर्षिया हेमबहादुर वि.क. रहेका छन् ।

हिजो राती करिब ९:३० बजे इलाका प्रहरी कार्यालय, राजारानीबाट खटिएको चेकिङ टोलीले जाँच गर्ने क्रममा धरानबाट राजारानी तर्फ आउँदै गरेको को ३९ प ३०३ नम्बरको पल्सर मोटरसाइकलमा सवार चालक लिम्बु र पछाडि सवार वि.क.को शरीर खानतलासी गर्दा निज विकको साथबाट सेतो प्लाष्टिकमा पोका पारेको ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ स-सानो १० पोका ३५० मिलिग्राम लागुऔषध फेला परेपछि दुबै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।