धनकुटाबाट जबर्जस्ती करणी आरोपमा एक जना पक्राउ
धनकुटा,१० असार । धनकुटाबाट जबर्जस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका ८, सान्ताङ् बस्ने ५२ वर्षीय खड्गबहादुर राई रहेका छन् ।
गत असार ३ गते राती धनकुटा निवासी ५० वर्षीय पीडित महिला आफ्नै घरभित्र कोठामा एक्लै सुतिरहेको बेलामा निज राई एक्कासी प्रवेश गरी साथमा भिरेको खुकुरी निकाली डरत्रास देखाई मुख थुनिदिई जबर्जस्ती करणी गरेको भन्ने जाहेरी परेपछि आरोपित व्यक्तिको खोजतलास गर्ने क्रममा निजलाई सोही दिन बेलुकी ५ बजेतिर धनकुटा नपा ७ बजारक्षेत्रमा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेकालाई जबर्जस्ती करणी कसूरमा थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।


