झापाबाट लागू पदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालक नियन्त्रणमा

झापा, असार १० गते । झापाको कनकाई नगरपालिका-३ स्थित पुर्व पश्चिम लोकमार्गमा लागू पदार्थ सेवन (ला.प.से.) गरी सवारी चलाउने ७ जना चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

असार ९ गते अपरान्ह सवारी दुर्घटना न्यूनीकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले कनकाई नगर अस्पताल दमकको प्राविधिक सहयोगमा पूर्व पश्‍चिम लोकमार्गमा संचालन हुने यात्रु वाहक सवारी साधन तथा निजि सवारी साधनका चालकहरुलाई लक्षित गरी स्वास्थ्य परिक्षण तथा संकित चालकको ला.प.से. चेकजाँच गरेको थियो ।

संकित चालकको ला.प.से. जाँचको क्रममा यात्रुवाहक बसका चालक २ जना, सहचालक २ जना, ईभि गाडीका चालक १ जना, टिफरका चालक १ जना र मोटरसाईकल चालक १ जनाले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको फेला परेको थियो ।

लापसे गरेका ७ जना चालकहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖