धनकुटाबाट जबर्जस्ती करणी उद्योग कसुरमा एक नाबालक सहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट जबर्जस्ती करणी उद्योग कसुरमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मधेसा घर भई हाल धनकुटामा मोटरसाइकल ग्यारेजमा मिस्त्री काम गर्ने २३ वर्षीय ऋतिक भन्ने विजयकुमार कामत र १ जना १४ वर्षीय नाबालक रहेका छन् ।

गत असार ३ गते धनकुटाकी १९ बर्षिया युवती रातको करिब १०:३० बजे आफ्नै घरको कोठाभित्र एक्लै निदाइरहेको अवस्थामा शरीरमा कसैले थिचेजस्तो असहज महसुस भई एक्कासी ब्युँझदा आफ्नै कपालको लट्ठा मुखभित्र कोचिदिई मुख र नाकमा साइकलको ट्युबले बाँधिदिएको र हेर्दा कालो मास्कले अनुहार ढाकेका अपरिचित दुई जना व्यक्तिहरूमध्ये एक जनाले घाँटी थिचिरहेको र अर्को एकजनाले पेटमा थिचिरहेको तथा आफूले लगाएको भेष्ट समेत च्यातिदिएको थाहा पाई लात हानी प्रतिकार गर्दा निजहरू तत्कालै भागी फरार रहेको घटनाको सूचना प्राप्त भई अनुसन्धान गर्दा निजहरुलाई आज धनकुटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेकाको जबरजस्ती करणी उद्योग कसूरमा अनुसन्घान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖