चौबिसे गाउँपालिकाको गाउँ सभा शुरु

नारायण कुमार राई/धनकुटा,११ असार । चौबिसे गाउँपालिकाको १७ औ गाउँ सभा २१ करोड बराबरको पूँजिगत बजेट प्रस्ताव गर्दै मंगलबारबाट शुरु भएको छ ।

सभाले पालिकाले आर्थिक तथा न्यायीक समितिको प्रतिबेदन पारित गरेको भने बजेटलाई पुर्णता दिन गाउँसभाको अर्को बैठक असार २३ गते सम्मका लागि सारेको छ ।

पालिकाका अध्यक्ष राजकुमार लिम्बु(चेम्जोङ) को अध्यक्षतामा भएको गाउँसभामा पालिकाका उपाध्यक्ष टंकमायाँ पाङ्मी मगरले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
पालिकाले आगमी बर्षको कार्यक्रममा शिक्षा क्षेत्रको कार्यक्रमलाई बिशेष प्राथमिकतामा राखेको छ । त्यस्तै कृषि र पशुपालन कार्यक्रम र गत बर्षको अधुरा आयोजनाहरुलाई सम्पन्न गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

त्यस्तै वडा नं. २ का अध्यक्ष तथा पालिका सदस्य एनोज तुम्साले पालिकाको आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको बिद्येयक २०८२ र पालिका सदस्य छलमायां राईले न्यायीक समितिको प्रतिबेदन निर्णयका लागि सभामा पेश गर्नुभएको थियो ।

प्रस्ताबित दुबै बिषय सभाबाट पारित भएपछि पालिकाका उपाध्यक्ष मगरले सभामा बित्तिय समानिकरण(संघ र केन्द्र),राजश्व बाँडफाँड(संघ र प्रदेश),आन्तरिक आय र गत बर्षको अल्यालाई आय मानेर २१ करोड १६ लाख ९१ ह्जार बराबरको बजेट पेश गर्नुभएको थियो ।

आगामी बजेट निर्माणका लागि पालिकाको ११ वटा बिषयगत शाखा र ८ वडाबाट २६ करोड ७७ लाख २९ हजार ५ सय बराबरको योजना माग गरिएको छ ।

बजेटका बिषयमा आगामी असार २३ गते पालिकाको दोस्रो बैठकमा आबस्यक छलफल गरेर बजेट पारित गर्ने कार्यक्रम रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सचिव पशुराम दाहालले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।