सुनसरीको धरानबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेट सहित एक जना पक्राउ

सुनसरी, असार ११ गते । सुनसरीको धरान उप-महानगरपालिका-५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेट सहित १ जना पक्राउ परेका छन ।

असार १० गते राती लागू औषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ झर्नाचोक स्थितमा डेरा गरी बस्दै आएका मुन्सन राईको कोठा खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको ट्रामाडोल-८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास-७ हजार ८ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम-२० ट्याब्लेट, स्पारेट-२ सय ९५ ट्याब्लेट र कोलिवन-३ सय १२ ट्याब्लेट बरामद गरेको हो ।

प्रतिबन्धित र नियन्त्रित औषधी सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।