मोरङको रंगेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ, असार ११ गते । मोरङको रंगेली नगरपालिका-८ दर्वेशा स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को. ३९ प ३९३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक रंगेली-१ का ३२ बर्षीय केदार न्यौपानेलाई उपचारको लागी रंगेली अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो भने मोटरसाईकल पछाडि सवार ४१ बर्षीय राजन भट्टराईको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

ठक्कर दिने ट्याक्टर र चालक रंगेली-८ का ३० बर्षीय जिबन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖