पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगर प्रमुखको कूटनीतिक पहल

इन्दीप कोइराला/बारा, ११ असार । लामो समयदेखि बन्द रहेको बाराको पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले भारतको बिहार राज्य सरकारसँग उच्च तहको कूटनीतिक संवाद थालेका छन ।
 
भारतको पटना पुगेका सिंहले बिहार सरकारका विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गर्दै भन्सार पुनः सञ्चालनको प्रस्ताव अघि सारेका हुन ।
 
सिंहले ग्रामीण विकास मन्त्री श्रवण कुमार, सूचना तथा प्रविधि मन्त्री कृष्णा कुमार मन्टु र समाजवादी नेता मनीष कुमार वर्मासँग छुट्टाछुट्टै भेट गरेर सीमावर्ती क्षेत्रमा बन्द भन्सारका कारण उत्पन्न समस्या र त्यसको समाधानबारे छलफल गरेका छन ।
 
पिपरपाती छोटी भन्सार लामो समयदेखि बन्द हुँदा स्थानीय व्यवसायीहरू मर्कामा परिरहेका छन । वैध व्यापारिक गतिविधिमा बाधा सिर्जना भएको, अवैध आयात–निर्यात बढेको र यसले सरकारको राजस्वमा व्यापक ह्रास ल्याएको भन्दै नगर प्रमुख सिंहले भन्सार पुनः सञ्चालनका लागि भारतीय पक्षसँग आग्रह गरेका हुन ।
 
“दुई देशबीचको सांस्कृतिक, धार्मिक र पारिवारिक सम्बन्धलाई सहज बनाउने माध्यमको रूपमा यो भन्सार फेरि सञ्चालनमा ल्याउनु अत्यावश्यक छ,” सिंहले भेटका क्रममा मन्त्रीहरुलाई भने । 
 
भारतीय नेताहरूले नगर प्रमुख सिंहको पहललाई सकारात्मक रूपमा लिँदै आवश्यक प्रक्रियाहरू छिट्टै अघि बढाउने प्रतिबद्धता जनाएका छन । ग्रामीण विकास मन्त्री कुमारले स्थानीय तहबाट आएको यस्तो पहल सराहनीय भएको बताउँदै सम्बन्धित निकायहरूसँग समन्वय गरेर कार्य अघि बढाउने आश्वासन दिएका छन्।
 
स्थानीय तहका जनप्रतिनिधिबाट यस्ता पहल हुनु सकारात्मक रहेको बताउँदै सिंहले दुई देशबीचको आपसी सम्बन्ध मजबुत बनाउने उद्देश्यले आफूले यो पहल थालेको बताएका छन । “पिपरपाती भन्सार सानो देखिए पनि यसको प्रभाव ठूलो छ,” उनले भने, “स्थानीय जनजीवन, व्यापार र सम्बन्ध सुधारमा यसले ठूलो भूमिका खेल्नेछ।”

नगर प्रमुख सिंहको सक्रियता र पहललाई सीमावर्ती क्षेत्रका स्थानीय नागरिक र व्यवसायीहरूले स्वागत गरेका छन । उनीहरूले भन्सार पुनः सञ्चालन भए व्यापारिक क्रियाकलाप फस्टाउने, अवैध कारोबारमा कमी आउने र स्थानीय आर्थिक विकासमा गति आउने विश्वास व्यक्त गरेका छन ।

पचरौता नगरपालिका र भारतीय नेताहरूबीचको यो संवादले दुई देशबीचको स्थानीयस्तरको सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।