अरुण नदीमा दुई बालिका वेपत्ता
नरेन्द्र कश्चित/असार १२,धनकुटा । भोजपुरको हतुवागढी गाँउपालिका वडा नं ९ मचुवाटारका दुई वालिकाहरु पौडी खेल्ने क्रममा अरुण नदीमा वेपत्ता भएका छन् ।
हिजो तीनचार बजेतिर अरुण नदीमा पौडी खेेल्ने क्रममा श्री अनिबार्य निशुल्क मा.बि. सहिदभूमि-१ सिम्लेमा कक्षा-७ र ८ मा अध्ययनरत हतुवागढी गाउँपालिका-९ मच्चुवाटार भोजपुरका खुशी राई र कृशिका राई नदीमा वेपत्ता भएको स्थानीय पदम राईले बताए ।
वेपत्ता दुई वालिकाको स्थानीय र प्रहरीद्वारा खोजी कार्य तिव्र पारिएको त्रिवेणी प्रहरी चौकीका इन्चार्ज राजेन्द्र राईले बताए ।


