झापामा एक वृद्धको कल्भर्टमा डुबेर मृत्यु
झापा । झापाको हल्दिवारी गाउँपालिका–४ मा एक वृद्धको डुबेर मृत्यु भएको छ।
हिजो साँझ लगभग ६:३० बजे अधिकारी चोकतर्फ जाने बाटोमा रहेको कल्भर्टमा डुबेका करिब ६० वर्षीय बुचु सन्थालको ज्यान गएको हो।
उनी विगत ३०–४० वर्षदेखि सोही क्षेत्रमा श्रम मजदुरी गर्दै आइरहेका थिए।घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षात्मक व्यवस्था मिलाउँदै आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ।


