धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,१४ असार । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभि राजारानी फिडरका बिभिन्न स्थानहरुमा लाइनको वरिपरि रहेका रुख, हांगा,बंस,तथा झाडी कटान (बुश कटिङ) कार्य गर्नुपर्ने भएकोले नाम्जे, ओख्रे,डाडाबजार तथा चौबिसे गाउंपालिकाका सम्पूर्ण क्षेत्रहरूमा बिद्युत सेवा अबरुद्द हुने प्राधिकरणले जनाइएको छ ।
बिद्युत बिहान बिहानको ८ बजे देखि दिउसो ५ बजेसम्म अवरुद्द हुने जनाइएको छ ।


