धनकुटामा १ हजार ६८ किलो लागुऔषध गांजा नष्ट
धनकुटा,१४ असार । धनकुटामा गांजा नष्ट गरिएको छ ।
बिभिन्न समयमा जिल्लामा बरामद भएको १ हजार ६८ किलो लागुऔषध गाँजा आज नष्ट गरिएको हो ।
उक्त लागुऔषध गांजा आज धनकुटा नगरपालिका ९ मुलघाट स्थित तॅोर नदी किनारमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


