सहिदभूमिको पातल डांडामा वृक्षरोपण
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको पातल डांडामा शनिबार राष्ट्रिय वृक्षरोपण दिवस २०८२ को अवसरमा “सगरमाथा वृक्षरोपण महा अभियान अबको अभियान, हरियाली बढाओै हिमालय जोगाऔं” भन्ने नारा सहित विभिन्न प्रजातिको बिरुवा वृक्षरोपण गरिएको छ ।
डिभिजन वन कार्यलय धनकुटाको आयोजनामा गरिएको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईले वृक्षारोपण पछि भएको कार्यक्रममा बाेल्नु हुदै वातावरण स्वछ र सन्तुलित पार्यावरण प्राप्तिका गर्नका लागि वन जंगल अत्यन्त ठूलो महत्त्वपूर्ण रहेको हुदा वन जंगल बढाउन वृक्षारोपणले याेदान पुर्याउने बताउनुभयो साथै उहाले वृक्षरोपण गरेरमात्र नहुने विरुवा हुर्काउनु र संरक्षण जाेगाउने , हुर्काउने , बढाउने कुरामा आम मानिस लाग्नु पर्ने सुझाव दिएकाछन् ।
यस्तै जिल्ला डिभिजन वन कार्यलय धनकुटाका प्रमुख डिएफाे सञ्जिव राज ढकालले आगामी २०४५ सम्ममा कार्वन उत्सर्जन सुन्यमा पुर्याउने पेरिस डिक्लेरेशन सम्झौतामा नेपालले प्रतिवद्वता पत्रमा हस्ताक्षर गरेको हुदा वृक्षरोपण मार्फत वनजंगल बढाउने उद्देश्य पुरागर्न सबै लागि पर्नु पर्ने बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी टुवराज पाेख्रेलले पनि वनजंगल जाेगाउन राज्यमात्र लागेर सम्भव नभएकोले सबैले सबै क्षेत्रबाट उत्तिकै भुमिका रहनुपर्ने वन जंगल जाेगाउनुमा हुनुपर्ने बताउनु भयो । पातल पञ्च पाेखरी सामुदायिक वन उपभोक्ता समिताका अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षतामा भएको वृक्षारोपणमा कल्कि ,धुपि ,सल्ला,पिपल बाेट ,जाकारन्डा शिरीष लगायतका विभिन्न प्रजातिकाे ५ सय विरुवा वृक्षरोपण गरेकाछन् ।
उक्त कार्यक्रममा एसपी सरद थापा , भिमदल गणका प्रमुख सेनानी गणेश थापा , राष्ट्रिय अनुसन्धान विभाग प्रमुख अधिकृत रामेश्वर बस्नेत ,प्रमु प्रशासकीय अधिकृत सुर्य बहादुर भण्डारी ,फाेकाेफाेन अध्यक्ष निल बहादुर थापा, वडा अध्यक्षहरु हाेम बहादुर राई, हेमकुमार राई, खगेन्द्र राई र स्थानीय बासिन्दाकाे उपस्थिति थियो ।






