धनकुटामा १२ प्रतिशत खेतमा धान रोपाईं
धनकुटा,१५ असार । धनकुटामा हाल सम्म १२ प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ ।
धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म ७ प्रतिशत अर्थात ५ सय ४३ हेक्टर खेतमा मात्र धान रोपाइ भएको कृषिज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिनु भयो ।
धान रोपाई सुरुको अवस्थामा रहेको र चैते धान रोपाई हुने क्षेत्रमा धानवाली समेत उठाइ बाँकी रहेकोले रोपाइको क्षेत्रफल कम देखिए पनी अवको १५ दिनमा धनकुटामा धान रोपाइको क्षेत्रफल धेरै प्रतिशतले बृद्धि हुने प्रमुख रानाको भनाई छ ।
धनकुटामा अधिकांश खेत आकासे पानीको भरमा रोपाइ गर्नु पर्ने बाध्यता रहेको र बर्षा समेत प्राप्त नभएकोले किसान लाई समस्या भई रहेको ज्ञानकेन्द्रले जनाएको छ ।

तस्बिर : सावित्रा राईको फेसबुकबाट


