धनकुटामा यसरी मनाइयो राष्ट्रिय धान दिवस
धनकुटा । कृषि पर्यटन प्रवर्द्धनमा महिला अभियान धनकुटाको आयोजनामा धनकुटाको पात्ले खोला स्थित खेतमा बेठी सहित रोपाई गर्दै २२ ओै राष्ट्रिय धान दिवस मनाएको छ ।
यस्तै उक्त रोपाई कार्यक्रममा धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था , निजामती आवासीय विद्यालय आदि संघ संस्थाको सहभागिता रहेको थियो ।
त्यस्तै गरि निशान जागारुक नौमती बाजा संस्कृति समुहको महिला दिदी-बहिनीले रोपाई बेठीमा नौमती बजाएर कार्यक्रममा सहभागी जनाएको थियो ।
आयोजक संस्थाका अध्यक्ष तारा तितुङले विगत केही वर्ष यता निरन्तर रुपमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा लोप हुदै गइरहेकोले युवा पुस्ता माझ महत्त्व र परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको बताउनुभयो । खेती किसानी र माटो विना जीवन मानिसको चल्दैन भन्ने कुरा पनि युवा पुस्तालाई बुझाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि प्रदेश सभा सदस्य पराजुली ,जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ , उपप्रमुख सावित्रा राई , प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल , जिल्ला स्थित सुरक्षा निकाय प्रमुख अतिथिहरुले राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिनु हुदै धान रोप्नु भएको थियो ।
कार्यक्रममा जिल्ला स्थिति विभिन्न सरकारी, गैरसरकारी संघ-संस्थाका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो ।





