धनकुटाबाट लागुऔषध खैरो हेरोइन सहित चार जना पक्राउ
धनकुटा,१६ असार । धनकुटाबाट लागुऔषध खैरो हेरोइन सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका १ बस्ने २८ बर्षिया दिपेश राई ,३३ बर्षिया राजेश तामाङ ,२६ बर्षिया सुजन तामाङ र २१ बर्षिया सुमन तामाङ रहेका छन् ।
गत असार १५ गते रातको १०: ३० बजे हिलेमा खटिएको प्रहरी टोलीले राजेश तामाङको कोठा तलासी लिँदा सो कोठाभित्र टेबुलमा राखेको रातो प्लाष्टिकमा प्याक गरेको अवस्थामा रहेको खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ स-साना ६ पोकाको ६०० मिलिग्राम सहित निजहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


