धनकुटा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा (भिडियो सहित)

धनकुटा । “स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व; पूर्णखोप सुनिश्चितता—हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ धनकुटा जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।

आज धनकुटामा आगाेजित एक कार्यक्रमकाे वीच जिल्लालाई पूर्ण खाेप सुनिश्चत जिल्ला घोषणा गरिएको हो। नेपालको संविधान २०७२ अनुसार नागरिकको स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ। स्वास्थ्य सेवा ऐन, २०७५ तथा खोप सम्बन्धि कार्यविधिकाे आधारमा जिल्ला खोप समन्वय समिति, सम्बन्धित संस्था तथा व्यक्तीहरुकाे निरन्तर प्रयासमा धनकुटा जिल्लाका ८ हजार २ सय ६६ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको कार्यक्रममा जानकारी दिईएकाे छ ।

धनकुटा जिल्लाका ७ स्थानीय तह अन्तर्गतका १५० खोप केन्द्र मार्फत महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा शून्यदेखि १५ महिनासम्मका बालबालिकाहरूलाई नियमित रूपमा खोप सेवा उपलब्ध गराइएको जानकारी कार्यक्रममा दिईएकाे छ ।

NDHS २०२२ अनुसार नेपालमा अझै पनि करिब ४% बालबालिका पूर्ण खोपबाट वञ्चित छन्। धनकुटा जिल्लामा पछिल्लो समय १५ महिनासम्मका सबै नवजात शिशुहरूलाई पूर्ण खाेपका लागि आवश्यक खोप प्रदान गरिएकाले पूर्ण खोप सुनिश्चित घाेषणा गरिएकाे जनाईएकाे छ ।

कार्यक्रममा दिईएकाे जानकारी अनुसार धनकुटा नगरपालिकाका ०-१५ महिनाका ४६२, १६-२३ महिनाका ३५७, २४-५९ महिनाका १२६७, महालक्ष्मी नगरपालिकाका क्रमश: उहीँ उमेर समूहका ३०७, २११,६८७ पाख्रीवास नगरपालिकाका २६५, १५३,७४० जना वालवालिकालाई खाेप सेवा दिईएकाे छ ।

त्यस्तै गाउपालिका तर्फ शहिदभुमी गाउँपालिकाका क्रमश: उहीँ उमेर समूहका २६५,१३८,६६६ जना छथर जाेरपाटी गाउँपालिकाका १९६,११७,४८६ जना सागुरीगढी गाउँपालिकाका २५२,१४६,५६८ जना र चाैविसे गाउँपालिकाका २३२, १३६ र ६१५ जना वालवालिकालाई पनि पूर्ण खाेप सेवा प्रदान गरिएकाे तथ्याङ्क छ ।

यसैवीच धनकुटा नगरपालिकामा २ वालवालिका ड्रप आउट भएकाे जानकारी दिईएकाे छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले यो कार्का लागि सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पालिका सरकार, अभिभावक र समुदायको सहकार्यकाे परिणाम भएको बताउनुभयो। उहाँले प्रत्येक वर्ष नवजात शिशुहरूलाई समयमै खोप प्रदान गर्दै पूर्ण खोप सुनिश्चितता कायम राख्ने प्रतिबद्धता पनि जनाउनु भयाे ।

कार्यक्रममा जनस्वास्थ्य कार्यलय प्रमुख सिर्जना बन्जाडेले पूर्ण खाेप सुनिश्चतताका लागि जिल्लामा भईरहेका गतिविध तथा कार्यक्रमहरुकाे वारेमा जानकारी गराउनु भएकाे थियाे । पूर्ण खाेप सुनिश्चत जिल्ला घाेषणा कार्यक्रमकै अवसरमा याे कार्यक्रमलाई सफल बनाउन भुमिका निर्वाह गरेका ७ वटै स्थानिय तहका स्वास्थ्य शाखाहरुलाई सम्मान गरिएकाे छ । त्यस्तै धनकुटा नगरपालिका वडा नं १ मा स्वास्थ्य स्वयम् सेविकाका भूमिका निर्वाह गर्दै आउनु भएकी ईन्दिरा घिमिरेलाई नगद सहित सम्मन गर्दै विदाई गरिएकाे छ । उहालाई उमेरहदकाे कारण अवकास हुनुभएकाेले सम्मान सहित विदाई गरिएकाे हाे । विदाईकाे क्रममा बाेल्दै उहाँले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सरकारले अहिलेसम्म उचित रुपमा प्राेत्साहित नगरेकाे गुनासाे गर्नु भयाे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई,प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेल, उद्याेग वाणिज्य महासंघ धनकुटाका अध्यक्ष विजय सन्ताेषी राई, धनकुटा नगरपालिकाका दशरथ राई लगायतले मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।