शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाले गर्यो यस्तो निर्णय
धनकुटा । अनिवार्य तथा नि:शूल्क शिक्षा ऐन २०७५ कार्यन्वयनवारे शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाले विभिन्न निर्णय गरेकाे छ ।
आज जिल्लाका स्थानिय तहका प्रमुख,उपप्रमुख सहित सराेकारवालाहरुसँग भएकाे जिल्ला स्तरिय प्रवाेधिकरण कार्यक्रममा स्थानिय तहहरुले विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका वालवालिकाहरुकाे तथ्याङ्क संकलन गर्ने, आवश्यक रणनीतिक याेजना तयार गरि शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने निर्णय गरेकाे शिक्षा विकास तथा समन्वय ईकाईले जनाएकाे छ ।
अनिवार्य तथा नि: शूल्क शिक्षा ऐनले सबै नागरिकका लागि आधारभुत तह (कक्षा १ देखि ८) सम्मकाे पढाईलाई अनिवार्य गरेकाे छ । आधारभुत तहकाे अध्ययन पूरा नगरे आगामी २०८५ वैशाख १ देखि सरकारी याे ऐनकाे दफा १९ (क) मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानिय तहकाे कुनैपनि सरकारी सेवामा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानिय तहकाे पूर्ण वा आंशिक स्वामित्व, अनुदान नियन्त्रणमा रहेका कुनैपनि संस्थाकाे सेवामा प्रवेश गर्न वा कुनैपनि सरकारी वा गैर सरकारी वा नीजि क्षेत्रमा स्थापित कुनैपनि संस्था वा पदमा निर्वाचित, नियुक्ती वा मनाेनयन हुन वा कुनै राेजगारी प्राप्त गर्न याेग्य नहुने व्यवस्था गरिएकाे छ ।
त्यस्तै (ख) मा कुनैपनि कम्पनि,फम,सहकारी संस्था वा गैर सरकारी संस्थाकाे संस्थापन गर्न वा त्यस्ताे कम्पनि, फममा संस्थापक शेयर धनी,सञ्चालक वा सदस्य वा कुनैपनि पदाधिकारी हुन याेग्य नहुने भनिएकाे छ ।
जिल्ला समन्वय समिति तथा शिक्षा समिति धनकुटाका अध्यक्ष निरेन तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्थानिय तहका प्रमुख तथा उपप्रमुख शिक्षा शाखा प्रमुखहरुले यश विषयमा आफुहरुले गरिरहेकाे प्रयास र समस्या र समाधान लगायतका विषयमा कुरा राखेका थिए । उनिहरुका अनुसार याे ऐन कार्यन्वयनका लागि वडा तथा टाेल स्तरबाटै विद्यालय उमेर समूहका तर विद्याय बाहिर रहेका वालवालिकाहरुकाे तथ्याङ्क संकलन गर्नुपर्नेछ । भने शिक्षाकाे गुणस्तरलाई समेत ध्यान दिनुपर्ने छ ।कार्यक्रममा ईकाईका प्रमुख माेहन राईले अनिवार्य तथा नि:शूल्क शिक्षा ऐन २०७५, नियमावली २०७७ लगायतकाे वारेमा जानकारी गराउदै यसकाे कार्यन्वयनकाे विषयमा छलफल गर्नुभएकाे थियाे ।
कार्यक्रममा धनकुटाकाे सबै स्थानिय तहका प्रमुख उपप्रमुख तथा शिक्षा शाखा प्रमुख,जिल्ला समन्वय समितीका उपप्रमुख सावित्रा राई,प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेल,क्षेत्रिय शिक्षा निर्देशनालयका प्रमुख कृष्ण प्रसाद पाेखरेल,प्याव्सन,एनप्यावसन,विभिन्न शिक्षक संगठनका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधिहरुकाे उपस्थिती थियाे ।


