धनकुटाको पाख्रिबासमा एक ब्यक्ति मृत फेला
धनकुटा,१८ असार । धनकुटामा एक ब्यक्ति मृत फेला परेका छन् ।
जिल्लाको पाख्रिबास नगरपालिका ५ रुपटारस्थित खेतबारीमा भोजपुर जिल्लाको अरुण गाउंपालिका ७ का २७ बर्षिया सागर थापा घोप्टो परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
मृतक थापा गत असार १६ गते झापा स्थित मावली घरबाट फर्केकोमा घर नपुगेपछि निजलाई खोजतलास गर्ने क्रममा निजको वुवाले असार १७ गते करिब दिउंसो ६:३० बजे मृत अवस्थामा फेला परेको भनी इलाका प्रहरी कार्यालय पाख्रीवासलाई जानकारी गराएपछि टोली खटिगई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


