धनकुटाबाट लागुऔषध गांजा सहित ताप्लेजुङका एक जना पक्राउ
धनकुटा,१९ असार । धनकुटाबाट लागुऔषध गांजा सहित ताप्लेजुङका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ताप्लेजुङ जिल्लाको मौवाखोला गाउंपालिका वडा नम्बर ६ बस्ने ४१ बर्षिया वुद्धिमान गुरुङ रहेका छन् ।
आज दिउंसो करिब १:१५ बजे सांगुरीगढी गापा १ लावरबोटे स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको चेकिङ् टोलीले भोजपुरबाट धरानतर्फ जाँदै गरेको को १ ख ७२४० नम्बरको यात्रुबाहक बस रोकी जाँच गर्दा बसमा सवार गुरुङको साथमा रहेको जेव्रा झोला खोली हेर्दा लागुऔषध गाँजा ६ केजी फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
गाँजा सहित पक्राउ परेकाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


