धनकुटाबाट ब्राउनसुगर सहित एक जना पक्राउ
धनकुटा,१९ असार । धनकुटाबाट ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ६, सरस्वती चोक बस्ने ५० बर्षिया सुशील खड्गी रहेका छन् ।
आज बेलुका करिब ५:३० बजे विशेष सूचनाको आधारमा प्रहरी चौकी हिलेबाट खटिएको टोलीले खड्गीको तलासी गर्दा निजको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ २५० मिलिग्राम फेला परेपछि निवासबाटै सो लागुऔषध सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


