धनकुटाबाट लागुऔषध गांजा सहित एक जना पक्राउ

धनकुटा,२० असार । धनकुटाबाट लागुऔषध गांजा सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको पाख्रीवास नगरपालिका वडा नम्वर ८ बस्ने ४६ बर्षिया भीमबहादुर राई रहेका छन् ।

आज दिउंसो करिब १२ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको चेकिङ् टोलीले भेडेटार चोकमा तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको ना ४ ख ६३१८ नम्बरको यात्रुवाहक बस रोकी जाँच गर्दा बसमा सवार राईले आफू बसेको सीटमुनि लुकाइछिपाई राखेको जेव्रा झोला खोली हेर्दा लागुऔषध गाँजा ७ किलो फेला परेपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

गांजा सहित पक्राउ परेकाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।