धनकुटामा अटो दुर्घटना,६ जना घाइते

धनकुटा,२० असार ।धनकुटामा अटो दुर्घटना हुंदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा धनकुटा नगरपालिका वडा नम्बर ९ बेलहारा बस्ने ६१ बर्षिया निर्मला बस्नेत, ३३ बर्षिया रेनुका न्यौपाने, १७ बर्षिया डेबिड विक, धनुषा जनकपुर नपा १४ बस्ने ४४ बर्षिया बसन्त बहादुर पुर्वे, काठमाडौ कामनपा-२६ बस्ने ५० बर्षिया रमेश प्रसाद दुलाल, र मोरङ कानेपोखरी गापा ५ बस्ने २० बर्षिया देवी वि.क. रहेका छन् ।

आज दिउंसो करिब १:३५ बजे धनकुटा नगरपालिका वडा नम्बर ९ स्थित गुठीटार-बेलहारा भित्री सडकखण्डमा बेलहाराबाट सदरमुकामतर्फ आउँदैगरेको को २ ह ५५६७ नम्बरको अटो अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

घाइतेहरुको उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको,बाटो अवरोध नभएको साथै अटो र चालक
धनकुटा नपा ९ बस्ने ४२ बर्षिया जितेन्द्र बास्तोलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।