सहिदभूमिमा बिहानी युवा क्लबको अगुवाइमा सडक सरसफाइ तथा संरक्षण अभियान सञ्चालन

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ६ सुकेआहालस्थित स्थानीय बिहानी युवा क्लबको अगुवाइमा सडक सरसफाइ तथा संरक्षण अभियान सञ्चालन भइरहेको छ। क्लबले एक्ले वरदेखि मार्घसम्मको करिब ५ किलोमिटर लामो सडक खण्ड सरसफाइ र संरक्षणका लागि श्रमदानमार्फत कार्य अगाढि बढाईएको हो।

शुक्रबार दशौँ दिन पुगेको अभियान अन्तर्गत आज गाउँपालिकाको गेटसम्मको सडक सरसफाइ कार्य सम्पन्न भएको छ। बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने अभियानमा क्लबका पदाधिकारी, गाउँपालिका अध्यक्ष मनोज राई, वडा अध्यक्ष हेम कुमार राई तथा स्थानिय समाजसेवी केशव राईको सक्रिय सहभागिता रहेको छ। समाजसेवी राईका अनुसार दैनिकजसो ५० जना भन्दा बढी स्थानीय नागरिक स्वस्फूर्त श्रमदानमा जुटिरहेका छन्।

गत वर्षको बाढी र अविरल वर्षाले सडकमा थुप्रिएको माटो, ढल पुरिएका स्थान र झाडीले ढाकिएको सडक किनार सरसफाइ गरिँदैछ। स्थानीयले सडक संरक्षणमा सरकारको मात्र भर नपरी समुदाय आफैँ सक्रिय हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

यसैक्रममा, ठाकुरदेवी माध्यमिक विद्यालयका शिक्षक मनकुमारी राईले श्रमदानमा संलग्न स्वयंसेवकहरूलाई ५० थान टि–सर्ट वितरण गर्नु भएको थियोे । उनका अनुसार युवाहरूको सक्रियता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता उच्चस्तरमा देखिएको छ।

सडकमा झरेको ढिस्को, जंगल हटाउने कार्यका साथै वरिपरिका साना बिरुवा र झारपात समेत फालिने क्रम जारी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।