धनकुटाबाट लागुऔषध गांजा सहित एक जना पक्राउ
धनकुटा,२२ असार । धनकुटाबाट लागुऔषध गांजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाँउपालिका वडा नम्बर ६ बस्ने २४ बर्षिया हरि कुमार राई रहेका छन् ।
तेह्रथुमबाट दमक तर्फ जादै गरेको बा५ख ५८७७ नम्बरको यात्रुवाहक बस भेडेटारमा रोकी जाँच गर्दा बसमा सवार यात्रु राईले आफ्नो साथमा बोकेको भिर्ने झोला बाट २.५ किलो र बसको डिक्कीमा राखेको ३.५ किलो गरि जम्मा ६ किलो गांजा फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


