नेपाल-भारतमैत्री वेलनेस सेमिनारमा स्वदेश–विदेशका विशिष्ट अतिथि, नागरिकलाई स्वास्थ्य लाभ

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्री समाज नेपाल र रेजुआ हेल्थ केयर, मुम्बई भारतको संयुक्त आयोजनामा ‘नेपाल-भारत प्रेन्डसिप वेलनेस सेमिनार’ सम्पन्न भएको छ।

यो सेमिनारले नेपाल–भारतबीचको जनस्तरीय मित्रतालाई थप सुदृढ पार्दै, स्वास्थ्य र वैकल्पिक उपचार प्रणालीप्रति व्यापक जनचेतना फैलाएको छ।
गौशाला, पिङलास्थानस्थित होटल बद्रीनाथ, काठमाडौंमा असार २१ र २२ गते दुई दिनसम्म चलेको यस अन्तर्राष्ट्रिय सेमिनारमा नेपाल तथा भारतका उच्चपदस्थ विशिष्ट अतिथि, चिकित्सक, कलाकार र बौद्धिक व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको गरिमा थप उच्च बनाएको थियो।
कार्यक्रममा नेपालका पूर्वउपराष्ट्रपति परमानेन्द झा प्रमुख अतिथि थिए। संहिता शास्त्री गुरू अर्जुनप्रसाद बास्तोलाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो।

विशिष्ट अतिथिहरूमध्ये पूर्वमन्त्री यदुवंश झा, भारतकी चर्चित चलचित्र नायिका क्षशा अग्रवाल, मुम्बईका वरिष्ठ निर्देशक डा. रणवीर लैश्राम, नेपालका सुप्रसिद्ध निर्देशक तुलसी घिमिरे तथा भारतका वरिष्ठ एक्युपञ्चर चिकित्सक डा. सन्तोष कुमार पाण्डे (महाराष्ट्र) थिए।

कार्यक्रमको स्वागत मन्तव्य आयोजक संस्थाका अध्यक्ष प्रदीप खनालले राख्दै नेपालको धार्मिक, सांस्कृतिक र स्वास्थ्य चेतनाको क्षेत्रमा नेपाल–भारतबीचको सहकार्यको ऐतिहासिक महत्व र आजको सन्दर्भमा यसको अत्यावश्यकता उल्लेख गरे।

‘नेपाल र भारतको सम्बन्ध केवल राजनीतिक वा कूटनीतिक हैन, यसमा हजारौँ वर्ष पुरानो साझा आध्यात्मिक र सांस्कृतिक नाता समेटिएको छ। यसलाई स्वास्थ्य र मानव सेवा जस्ता विषयमा पनि जोड्न जरुरी छ,’ उनले भने।

कार्यक्रमको सञ्चालन निर्देशक घिमिरेले गरेका थिए। कार्यक्रममा डा. सन्तोष कुमार पाण्डेले एक्युपञ्चर चिकित्सा, ऊर्जा सन्तुलन, प्राकृतिक उपचारको वैज्ञानिक पक्ष र लाभबारे प्रवचन दिए। इशा अग्रवालले महिला सशक्तिकरण, स्वास्थ्य र आत्मविश्वासका विषयमा मन्तव्य दिँदै नेपाली संस्कृतिप्रति गहिरो सम्मान प्रकट गरिन्।

कार्यक्रमपछि आयोजित स्वास्थ्य शिविरमा ७–८ सयभन्दा बढी नागरिकहरूले डा. पाण्डे र उनकी टोलीबाट एक्युपञ्चर, सुजोक, तथा अन्य वैकल्पिक उपचार सेवाहरूबाट स्वास्थ्य लाभ लिएका थिए।
उक्त निःशुल्क सेवा शिविरले स्थानीय समुदायमा नयाँ आशा, उपचारप्रतिको विश्वास र जनचेतना फैलाएको थियो।

कार्यक्रमको समग्र परिकल्पना, अतिथि समन्वय, अन्तर्राष्ट्रिय साझेदारी, व्यवस्थापन र सञ्चार संयोजनमा प्रदीप खनालले नेतृत्वकारी भूमिका खेलेका थिए।

४५० भन्दा बढी धार्मिक तीर्थहरूको दर्शन गरी अन्तरधार्मिक र अन्तरदेशीय संवादमा सक्रिय रहेका खनालको प्रयासले नै यो अन्तर्राष्ट्रिय कार्यक्रम सफल र प्रेरणादायी बन्न सकेको हो।

‘नेपाल-भारती फ्रेन्डसिप वेलनेस सेमिनार’ले स्वास्थ्य, संस्कृति, सद्भाव, र सहयोगको आदान–प्रदानमार्फत दुई मित्र राष्ट्रबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने कार्य गरेको छ।

यस्ता प्रयासहरूले जनस्तरमा कूटनीतिकता, सांस्कृतिक कूटनीति र स्वास्थ्य सशक्तिकरणको सशक्त आधार निर्माण गरिरहेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।